२ जेठ काठमाडौँ । नेपालका क्रिकेटर खेलाडी सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाए पछि अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत, पाटनले जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको छ ।
उनलाई सफाइ दिनको लागि दुई दिन सम्म चलेको बहस पछि सफाइ पाएपछि लामिछाने खुशी हुदै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सन्दीपले आफूलाई फसाएर दोषी बनाएको बताएका थिए । उनले भने आफुलाई मुद्दा दर्ता गरे दिनदेखि नै आफूले निर्दोष भएको स्मरण गर्दै आएको बताए ।
धेरै तरिकाले फसाएर पनि आज आफनो गल्ती नभएको र आफूलाई साथ दिने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरुमा सकदो प्रयास गर्ने प्रतिबद्वता जनाए ।जिल्ला अदालतको फैसलालाई सम्मान गरेको भन्दै उनले उच्च अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताए ।