३ जेठ काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक १ बजे बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिँहदरवारमा दिउँसो एक बजेका लागि बैठक बोलाएका हुन् ।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ भने पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ ।
आजको बैठकले प्रशासन र प्राविधिक तर्फ दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गर्दै छ ।