३ जेठ काठमाडौँ । पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटना पाल्पाको निस्दी गाउँपालिका ४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना भउको हो ।
दुर्घटनामा मृत्यु हुनेमा निस्दी–४ मित्याल बेलखरका सात वर्षीय राजीव सुनारी र निस्दी ४ मित्याल घ्याङसिबासका १६ वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।
उनीहरुको दुर्घटना पछि घाइतेको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नवलपरासी पूर्वमा गए राति मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटना जीपमा चालकसहित १५ जना सवार थिए । दुर्घटना भएको गाडी नवलपरासी बर्दघाट सुस्ता पूर्व अरुणखोलाबाट पाल्पा निस्दीका खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जीप दुर्घटना भएको हो ।