३ जेठ काठमाडौँ । आज दिउँसो बस्ने भनिउको प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सरेको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेर बैठक सारेका हुन् । केहीबेर अघि सभामुख घिमिरेले प्रधानमन्त्री ‘प्रचण्ड’सँग टेलिफोनमा कुराकानी गरेका थिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेका थिए । यसै निर्णय अनुसार बेलुका ४ बजे बस्ने सूचना जारी गरिएको हो ।