Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जग्गा विवादमा कोदालो प्रहार गरी एक जनाको हत्या

जग्गा विवादमा कोदालो प्रहार गरी एक जनाको हत्या

जोईन खबर

३, जेठ २०८१
  • 748
    SHARES
  • जग्गा विवादमा कोदालो प्रहार गरी एक जनाको हत्या

    ३ जेठ काठमाडौँ । सिरहामा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ ।सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका  जग्गा विवादमा ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको हो ।बुधराम खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला बिहीबर बिहान ८ २० बजे स्थानीय बचाई महतोले कोदालो प्रहार गरेको  
     प्रहरीले जनाएको छ ।

    images

    उनको घटनास्थलमै मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।बचाई महतो फरार भएका छन् । प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको साँधसिमानाको विवाद थियो ।

    images
    images
    images

    सोही क्रममा बचाईले बुधराममाथि कोदालो प्रहार गरेपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् । शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको प्रहरीले  जनाकारी दिए । उक्त  घटना बारे थप  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - १४:१७:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको