३ जेठ काठमाडौं । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्व कपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टिमलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिदाई गरेका छन् ।नेपालको प्रतिनिधित्व गर्ने टिमलाई आत्मविश्वासी प्रदर्शन सहित उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिए ।
रोशन तामाङको कप्तानीमा रहने नेपाली टिममा दीपेशजङ थापा, उमेशबहादुर महतो, अनिल जर्घा मगर, विजय महतो र पदमबहादुर थाडा मगर रहेका छन् । प्रशिक्षकमा श्यामबहादुर श्रेष्ठ, टिम म्यानेजरमा नेत्रप्रसाद गुरुङ र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन् ।
शनिबारदेखि सुरू हुने विश्व कपमा कुल २१ राष्ट्रको सहभागीता रहनेछ । नेपाल डिभिजन वानमा रहेको छ । जहाँ कुल ९ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । प्रिमियरमा भने १२ राष्ट्र रहेका छन् ।