३ जेठ काठमाडौँ । विपक्ष दल नेपाली काँग्रेसले आजको प्रतिनिधि सभा बैठक पनि अवरोध गरेका छन् ।
विपक्ष दल नेपाली काँग्रेसले आज पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरे
सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको र नेपाली काँग्रेसका नेता प्रवक्ता डा प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए ।‘रवि जी लगायत सहकारीका सबै विषयलाई समेटेर छानबिन हुनुपर्छ भन्ने माग हो ।
त्यसका लागि सत्तापक्ष तयार नभएको बताए । छानबिनको कुरा गर्दा सहकारीको कहाँ के समस्या छ हेर्ने, त्यस्तो छानबिन गर्ने भन्ने कुरा गरेर मूल विषयलाई डाइल्युट गर्ने कुरा आएकाले सहमति हुन सकेको छैन’, डा। महतले बताए ।