३ जेठ काठमाडौँ । आज पोखराबाट गुल्मी आउँदै गरेको बस दुर्घटना हुँदा १३ घाइते र एक जनाको अवस्था गम्भीर भएको छ । गुल्मीको गाउँपालिका वडा न १ मक्वादीस्थित रिडी–तम्घास सडकखण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटना परेको हो ।
बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
दुर्घटनामा परेर घाइते भएकारुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । बसमा १३ जना सवार थिए । घटनाको बारे थप विवरण आउन बाकी रहेको प्रहरीले बताए ।