४ जेठ काठमाडौँ । गोरखा सहिद लखनका एक व्यक्ति बैदेशिक रोजगारमा कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला गोरखाको शहिद लखन गाउँपालिका वडा न ९ घर भई हाल काठमाण्डौ सामाखुशी बस्ने ३३ बर्षीय रामेश्वर काप्री रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परे का काप्रीले बैदेशिक रोजगारको लागि कतारमा आकर्षक तलवको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै वेरोजगार युवायुवतीहरुसँग एक लाख रकम लिएर सम्पर्क विहीन भएको भन्दै उनीहरु बिरुद्ध जाहेरी परेको संगै सोही जाहेरीको आधारमा प्रहरीले खोज तलास गर्ने क्रममा हिजो बिहीवार उनलाई बौद्धबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
हिजो पक्राउ परेका आरोपीलाई थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरीले बैदेशिक रोजगार बिभाग पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।