Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ 

नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ 

जोईन खबर

४, जेठ २०८१
  • 862
    SHARES
  • नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको छ  : उपप्रधानमन्त्री श्रेष्ठ 

    ४ जेठ काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको बताएका छन् । पूर्वशोभियत संघ र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरूको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको आर्थिक विकासमा रसियाको सधैँ साथ र सहयोग रहँदै आएको बताएका हुन् । 

    images

    नेपालको आर्थिक विकास, शिक्षा, विज्ञान, प्रविधि र पूर्वाधारको क्षेत्रमा रसियाको महत्त्वपूर्ण साथ र सहयोग रहँदै आएको छ, यो मुलुकका लागि गर्वको कुरा हो,” उनले भने 

    images
    images
    images

    परराष्ट्रमन्त्री समेत रहनुभएका श्रेष्ठले रसिया र युक्रेनबीचको युद्धलाई वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने धारणा राखे । उनले रसियाली मुलुकमा सिकेको सीपलाई नेपालको विकासमा लगाउन सबैलाई आग्रह समेत गरे ।

    नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई निविकोभले रसिया र नेपालबीचको सम्बन्धलाई मजबुद बनाउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “रसिया र नेपालको मित्रतालाई मित्रकुञ्जले अगाडि बढाएको छ,” उनले भने ।

    मित्रकुञ्जका संस्थापक अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता नीलाम्बर आचार्यले अल्मुनाईले दुई देशबीचको सांस्कृतिक आदानप्रदान साथै दुई देशबीचको सम्बन्धलाई पुलको काम गरेको बताए।

    नेपालबाट पूर्वशोभियत सङ्घअन्तर्गतका विभिन्न देशमा गएर अध्ययन गरेका विद्यार्थीहरूको साझा संस्थाका रूपमा सन् १९६७ देखि मित्रकुञ्जलाई अगाडि बढाउँदै आइएको मित्रकुञ्जका अध्यक्ष महेशप्रसाद पाण्डेले जानकारी दिए । मित्रकुञ्जमा हाल एक हजार दुई सय सदस्य आबद्ध रहे पनि नेपालबाट रसिया र पूर्वशोभियत संघअन्तर्गत गएर पढ्ने विद्यार्थी भने सात हजारभन्दा बढी रहेको अध्यक्ष पाण्डेको भनाइ छ ।

    तीन दिनसम्म चल्ने सम्मेलनमा रुसबाट नौ, पाकिस्तानबाट एक, मङ्गोलियाबाट चार, भारतबाट एक, चीनबाट सात, बङ्गलादेशबाट ३२, नेपालबाट एक सय ५०, भेनिनबाट एकजना प्रतिनिधिको सहभागिता रहेको मित्रकुञ्जका उपाध्यक्ष केशवराज विष्टले जानकारी दिए । रासस

     

    प्रकाशित मिति :जेठ ४, २०८१ शुक्रवार - १६:००:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको