Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाका सुरेन लामिछाने पुन अध्यक्षमा निर्वाचित 

गोरखाका सुरेन लामिछाने पुन अध्यक्षमा निर्वाचित 

जोईन खबर

६, जेठ २०८१
  • 826
    SHARES
  • गोरखाका  सुरेन लामिछाने  पुन अध्यक्षमा   निर्वाचित 

    ६ जेठ  काठमाडौँ । गोरखा जिल्लामा रहेको  गोरखा मनकामना यातायात सेवा प्रालिको अध्यक्षमा पुनः सुरेन लामिछाने निर्वाचित हुनु भएको छ । हिजो  शनिवार  भएको अधिवेशनको निर्वाचनमा  लामिछाने अध्यक्ष पदको लागि विजय  हुनु भएको हो । अधिवेशन  गोरखा जिल्ला सदरमुकाममा सम्पन्न भएको थियो । यस प्रालिले  छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन संगै सम्पन्न गरेको हो ।

    images

    उक्त अधिवेशनमा अध्यक्ष पदको लागि दुई  प्रतिस्पर्धीहरुले नाम दर्ता गरे थिए । उनीहरु दुई मध्ये एक सुरेन लामिछानेले अर्का  प्रतिस्पर्धी ताराबहादुर खड्कालाई ११ मतले पछि पर्दै पूर्व अध्यक्ष लामिछाने फेरी  अध्यक्षमा निर्वाचित  हुनु भएको हो । यस अधिवेशनमा कुल मत १ सय ४ र अध्यक्ष पदको लागि सुरेन लामिछाने पक्षमा ५६ मत र अर्काे प्रतिस्पर्धी ताराबहादुर खड्काको पक्षमा ४५ मत मात्र पाएका हुन् । खसेको मतमा ३ मत भने बदर भएको थियो ।

    images
    images
    images

    441508735_3670277093227504_3566329571934844039_n.jpg

    गोरखा मनकामना यातायात सेवा प्रालिको अधिवेशनबाट अध्यक्षमा सुरेन लामिछाने,उपाध्यक्षमा सुमन कार्की, महासचिवमा देवेन्द्रजंग कुँवर, कोषाध्यक्षमा अव्दुल पाण्डे निर्विरोध निर्वाचित भएका हुन भने सदस्यहरुमा सुवास थापा मगर, हरि गैरे, शंकर रिमाल,सन्तोष रोका निर्वाचित भएको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जनाकारी दिनु भयो ।

    यसै गरि  गोरखा मनकामना यातायात सेवा प्रालिकोे  इकाइ संयोजकमा हरमटारी क्षेत्रबाट रामचन्द्र थापा, बाह्र किलोबाट सत्यराम थापा, बसपार्कबाट कुमार सिर्मल र आँवुखैरेनीबाट आकाश गुरुङ निर्विरोध निर्वाचित निर्वाचन अधिकृत दुवाडीले   जानकारी दिनु भयो । हिजो भएको साधारण सभा संगै भएको अधिवेशनमा अध्यक्ष पद बहेक  अन्य पदमा निर्विरोध निर्वाचित भएको थिए । 

    प्रकाशित मिति :जेठ ६, २०८१ आइतवार - ११:२१:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको