Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न

पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न

जोईन खबर

६, जेठ २०८१
  • 751
    SHARES
  • पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सम्पन्न

    ६ जेठ काठमाडौं । तेस्रो राष्ट्रिय पुम्से तेक्वान्दो रेफ्री सेमिनार तथा दोस्रो राष्ट्रिय पुम्से रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । गत चैत १ गतेबाट सुरु भएको कोर्स शनिबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सम्पन्न भएको हो ।

    images

    पुम्से सेमिनार तथा रिफ्रेसर कोर्सका सहभागीलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष भानबहादुर चन्द,महासचिव दीपराज गुरुबलगायतले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले खेलाडी उत्पादनसँगै दक्ष निर्णायक उत्पादनमा पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स फलदायी हुने विश्वास व्यक्त गरे । चैत १ गते कोशी प्रदेशको इटहरीबाट कोर्स सुरु भएको हो । इटहरीपछि मधेस प्रदेशमा रौतहटको चन्द्रपुरमा चैत ४ देखि ६ सम्म बागमतीकोचितवनमा चैत १३ देखि १५, गण्डकीको पोखरामा चैत ७ देखि ९, लुम्बिनीमा चैत १९ देखि २१ र सुदूरपश्चिम प्रदेशमा चैत २२ देखि २४ गतेसम्म सञ्चालन भएको थियो ।

    images
    images
    images

    जसमा ३१७ पुरुष र ५७ महिला गरी ३७४ जना सहभागी भएका थिए । उनीहरुलाई वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक टार्जन सुब्बा, नोर्बु लामा, बब्लु सिवाकोटी र विक्रम खड्गीले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा नेपाल ¥याफ्टिब एन्ड क्यानोइब संघका अध्यक्ष राजीव श्रेष्ठ, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुब, नेपाल सुटिब संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, नेपाल कुस्ती संघका अध्यक्ष राज मोहमद मिया अन्सारी,नेपाल टेकबल संघका अध्यक्ष सुवास श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :जेठ ६, २०८१ आइतवार - १२:०५:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको