Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ललितपुरको आगालागीबाट मृत्यु हुनेको संख्या ४ पुग्यो , अब १५ बर्षीय नित गिरीको उपचार हुदैँ 

ललितपुरको आगालागीबाट मृत्यु हुनेको संख्या ४ पुग्यो , अब १५ बर्षीय नित गिरीको उपचार हुदैँ 

जोईन खबर

६, जेठ २०८१
  • 874
    SHARES
  • ललितपुरको आगालागीबाट मृत्यु हुनेको संख्या ४ पुग्यो , अब १५ बर्षीय नित गिरीको उपचार हुदैँ 

    ६ जेठ काठमाडौँ । केही दिन अगाडी ललितपुरमा भएको आगलागीमा परी घाइते भएका ५ जना मध्ये हिजो सम्म गरि ४ जनाको मृत्यु भएको छ । आगालागी ललितपुर महानगरपालिका वडा न १७ को मोबिल स्टोर  एक टहरोमा आगलागी हुँदा घाइते भएका पाँचजना मध्य उपचारको क्रममा चार जनाको मृत्यु भएको हो ।

    images

    उक्त टहरोमा लागेको आगो गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । उनीहरुलाई घटना पछि उपचार गर्न ग्वार्कोस्थित किस्ट अस्पताल  लागिए पनि घटनाको भोलीपल्टा उपचार हुदा हुदै दुई छोरी मृत्यु भएको थियो ।

    images
    images
    images

    घटनामा त्यस्तै गरी वैशाख ३१ गते बिहानपख सञ्जयकी श्रीमती र हिजो शनिबार जेठ ५ गते सञ्जयको पनि मृत्यु भएको  जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् एसपी नरेशराज सुवेदीले जानकारी दिए । प्रहरी प्रवक्ता सुवेदीका अनुसार आगलागीमा परी ज्यान जानेको संख्या चार पुगेको हो ।

    भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया, ३ वर्षीया एलिसा गिरीको मृत्यु र ३१ गते श्रीमती ३२ वर्षीया रुपा र हिजो सञ्जयको पनि उपचारको क्रममा मृत्यु भएको  उनीहरुले बताए ।अर्का घाइते सञ्जयका भतिज १५ वर्षीय नित गिरीको भने उपचार जारी छ । उनी सामान्य अवस्थामा छन् । 

    प्रकाशित मिति :जेठ ६, २०८१ आइतवार - १२:३३:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको