६ जेठ काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौँले यही आउदो जेष्ठ १२ गते शनिवारको दिन रक्तदान कार्यक्रम गर्ने भएको छ । यस संस्थाले गणतन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको बनस्थली चोकमा तेस्रो रक्तदान कार्यक्रम आयोजना गर्न लागेको संस्थाका सचिव धिरज उपरकोटीले जानकारी दिनु भयो ।
सो रक्तदान बिहान ९ बजेदेखि शुरु गरिने छ। गोरखा ताकुकोट सेवा समाज काठमाडौँले गोरखाको ताकुकोटबाट काठमाडौँ आई बसोवास गर्ने विभिन्न ब्यक्ति तथा पढ्ने बिधार्थीहरुलाई स्वास्थ्य सेवा पुयाउने भनि रक्तदान गर्न लागेको हो । यस संस्थाले अन्य सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।
यो भन्दा अघिलो रक्तदान कार्यक्रममा पनि काठमाडौंको बनस्थली चोकमा गर्दा १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो ।