६ जेठ काठमाडौँ । दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई समात्न प्रहरीले हवाई फायर गरेर पक्राउ गरेको छ । केही दिन अगाडी भएको घटनामा काठमाडौँ प्रहरीका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, टेकुमा आइतबार पत्रकार सम्मेलन गरि भनिएको हो ।
उनीहरुलाई विभिन्न भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस घटनामा पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ बर्सिया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ बर्सिया बिपना भनिने वसुन्धारा कार्की, ५६ बर्सिया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालकलाई प्रहरीले पक्राउ गरेको हो ।
यस घटनाको सामान्य विवरण अनुसार हत्या गरि मारीएको ट्राफिक प्रहरी यो भन्दा अघि नयाँ बसपार्कमा हुदा हत्यामा संलग्न हुने २१ वर्षीय आइते भनिने सचिन परियारलाई लागु औषध कारोवारमा सामान्य विवाद भएको हुदा तिनीहरुले यो घटना गरिएको खुलेको बताए ।घटना सम्बन्धी थप अनुसधानको काम अघि बढदै छ ।