Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय सभाको बैठक फेरी स्थगित

राष्ट्रिय सभाको बैठक फेरी स्थगित

जोईन खबर

६, जेठ २०८१
  • 820
    SHARES
  • राष्ट्रिय सभाको बैठक फेरी स्थगित

    ६ जेठ काठमाडौँ । राष्ट्रिय सभाको बैठक फेरी स्थगित भएको छ । आज दिउँसो १ बजेर १५ मिनेटका लागि आह्वान गरिएको बैठक समयमा बस्न नसक्दा पुनः दिउँसो ३ बजेर १५ मिनेटका लागि तय भएको थियो ।दोस्रो पटक पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि भोलीसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

    images

    संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न सहकारी संस्थाको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । छानबिन समिति गठनका लागि दलहरुबीच सहमति भए पनि त्यसको कार्यादेश भने अझै टुङ्गिन सकेको छैन । सत्ता पक्ष दल र प्रमुख प्रतिपक्षी दलबीच कार्यादेश टुङ्ग्याउनेबारे आज बिहानैदेखि छलफल भइरहेको छ ।

    images
    images
    images

    अहिलेसम्म कार्यादेशको टुङ्गो भने लाग्न सकेको छैन ।राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची तय गरिएको थियो ।

    साथै अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्नुहुने कार्यसूची थियो ।आज निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १ गते राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनकोप्रति टेबुल गर्ने कार्यसूची तोकिएको थियो ।आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची थियो ।रासस

    प्रकाशित मिति :जेठ ६, २०८१ आइतवार - १६:५८:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको