Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अब मुगुमा पनि नेपाल टेलिकमको एनटी फाइबर सेवा

अब मुगुमा पनि नेपाल टेलिकमको एनटी फाइबर सेवा

जोईन खबर

७, जेठ २०८१
  • 769
    SHARES
  • अब मुगुमा पनि नेपाल टेलिकमको एनटी फाइबर सेवा

    ७ जेठ काठमाडौँ । अब मुगुमा पनि नेपाल टेलिकमको एनटी फाइबर सेवा सुरु हुने भएको छ ।  नेपाल टेलिकमले मुगु जिल्लाको गमगढीमा फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माले भर्चुअल रुपमा सो सेवाको शुभारम्भ गर्नुभयो ।

    images

    सो अवसरमा मुगु जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने प्रतिनिधि सभा सदस्य ऐन बहादुर शाही, नेपाल टेलिकम, सञ्चालक समितिका अध्यक्ष एवम् मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र मन्त्रालय तथा कम्पनी एवम् जिल्लास्थित विभिन्न कार्यालयका पदाधिकारी तथा उच्च पदस्थ अधिकृतहरुको सहभागिता रहेको थियो । यससँगै नेपाल टेलिकमको एफटीटीएच सेवा पुगेको जिल्लाको संख्या ७६ पुगेको छ ।

    images
    images
    images

    प्रकाशित मिति :जेठ ७, २०८१ सोमवार - १०:३७:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको