७ जेठ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले गाउँपालिका भित्र अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गर्नको लागि निःशुल्क छात्रावास सुविधा गरेको छ ।गाउँपालिकाले अभिभावकविहीन हुदाँ कतिपय बालबालिकाले माध्यमिक तहसम्म शिक्षा पूरा गर्न सकेका छैनन् ।
ती बालबालिकाले शिक्षा आर्जनबाट वञ्चित हुने गरेको हुदाँ बालबालिकाका लागि गाउँपालिकाले अभिभावकीय भूमिका निभाउन लागिएको हो।शिक्षाबाट वञ्चित हुनुपर्ने बाध्यता हटाउन गाउँपालिकाले नीतिगतरुपमा व्यवस्था सुरु गरेको हो ।अभिभावक गुमाएकै कारण आर्थिक बोझले शिक्षाबाट वञ्चित रहेकालाई पढाउन लागिएको गाउँपालिकाकालृ जनाएको छ । अभिभावक गुमाएका तथा अभिभावक हराएका परिवारका सन्तानले विद्यालय शिक्षा पूरा नगरी कक्षा छाड्न बाध्य भएका छन् ।

विशेष गरी छोरा रोजगारीका लागि जाने तथा छोरी आफन्तकहाँ आश्रय गरेर बस्दा धेरे दु ख कष्ट सहनु पर्ने समस्याको समाधान गर्ने लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनु भयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आलेका अनुसार अभिभावकविहीन बालबालिकाको तथ्याङ्क सङ्कलनमा तिन जना छात्रा तिन जना छात्र गरि जम्मा ६ जनालाई हिजोदेखि छात्रावासमा राखिएको बताउनु भयो ।

गाउँपालिकाभित्रका विद्यालयमा घट्दै गएको विद्यार्थीको सङ्ख्या बढाउन शिक्षालाई गुणस्तरीय बनाउन समेत जोड दिने गाउँपालिकाले जनाएको छ । उक्त निःशुल्क छात्रावास सुविधा सञ्चालन गरेको दिन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आले, गाउँपालिका शिक्षा शाखा संयोजक भिमप्रसाद श्रेष्ठ, विभिन्न शिक्षकहरुको उपस्थिति रहेको थिए ।
