Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय खेल सबलीकरण कार्यक्रम सम्पन्न

राष्ट्रिय खेल सबलीकरण कार्यक्रम सम्पन्न

जोईन खबर

७, जेठ २०८१
  • 913
    SHARES
  • राष्ट्रिय खेल सबलीकरण कार्यक्रम सम्पन्न

    ७ जेठ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघहरुलाई विभिन्न १० वटा बिषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको तीन दिने राष्ट्रिय खेल सबलीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

    images

    समापन कार्यक्रममा परिषद्का उपाध्यक्ष शिव कोईरालाल ज्वालाले राष्ट्रिय खेल संघहरुलाई यस्ता कार्यक्रमले गतिविधिलाई नियमित गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले सबैको सहकार्यमा मात्र खेलकुदले गतिलिने र नयाँ कार्यक्रमबाट उदेश्य पुरा हुन सक्ने बताउनुभयो ।

    images
    images
    images

    राखेपका सदस्य सचिव टंकलाल घिसिङले कार्यक्रमको समापन गर्नु हुदै संघहरुलाई निर्देशन दिने मात्र नभई सक्षम बनाउने दायित्व पनि परिषद्को हो भन्नु हुदै संघहरुलाई कार्यालय सन्चालन, प्रविधिको प्रयोग, कानूनी व्यवस्था, आर्थिक प्रणालीका विषयमा सबल बनाउन कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने बताउदै कार्यक्रमले संघलाई अझ जिम्मेवार बनाउने विश्वास व्यक्त गर्नु भयो ।

    कार्यक्रममा नेपाल क्रिकेट संघका प्रमुख लेखा अधिकृत रमेश कुमार न्यौपाने, नेपाल व्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्य, नेपाल स्क्वास एन्ड ¥याकेट्स संघका अध्यक्ष ध्रुबबहादुर गुरुङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा लगायतले कार्यक्रम निकै फलदायी भएको अनुभव सुनाउदै कार्यक्रमबाठ धेरै कुरा सिक्न पाएको धारणा व्यक्त गर्नु     भयो ।

    यस प्रकारको कार्यक्रम परिषदले पहिलो पटक आयोजना गरेको भन्दै सहभागीहरुले आगामी बर्षहरुमा पनि निरन्तरता आवश्यक भएको बताउनुभयो । कार्यक्रमले संघ सन्चालन, कार्यक्रम आयोजना गर्ने तथा हिसाव किताब दुरुस्त राख्न सहयोग पुग्ने विचार राख्नु भयो ।

    कार्यक्रममा खेलकुद सम्वन्धि ऐन कानून, संघको जिम्मेवारी र कर्तव्य, खेलकुदमा पत्रकारिताको भूमिका र सम्वन्ध, प्रतिवन्धित औषधिको नियन्त्रण, आईटीको आवश्यकता र प्रविधिको प्रयोग, खेलाडी सम्वन्धि अध्ययन र अनुसान्धान, खेलाडी विदेश पठाउदा वा ल्याउदा अपनाउनु पर्ने कानूनी पक्ष तथा खेलकुदमा नीजि क्षेत्रक र खेल संघहरुको सम्वन्ध लगायत बिषयमा सम्बन्धित बिषयका विज्ञहरु मार्फत धुलिखेलमा प्रशिक्षण दिइएको थियो ।

    प्रकाशित मिति :जेठ ७, २०८१ सोमवार - १७:३४:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको