८ जेठ काठमाडौँ । प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीबीच प्रतिनिधि सभाले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पास गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । तर काँग्रेसको अवरोधका कारण धन्यवाद दिने प्रस्ताव पेश हुन सकेको थिएन ।
आज पनि काँग्रेस सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुखले कार्यसूची अगाडि बढाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धन्यवाद दिने प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्तावलाई सभाले पारित गरेर अघि बढेएको हो ।