Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा गड हेड्स नामक संस्थाले ७१ जना बिद्यार्थीलाई शैक्षिक सामग्री हस्तन्तरण 

गोरखामा गड हेड्स नामक संस्थाले ७१ जना बिद्यार्थीलाई शैक्षिक सामग्री हस्तन्तरण 

जोईन खबर

९, जेठ २०८१
  • 790
    SHARES
  • गोरखामा गड हेड्स नामक संस्थाले ७१ जना बिद्यार्थीलाई शैक्षिक सामग्री हस्तन्तरण 

    ९ जेठ काठमाडौँ । गोरखाको गोरखा नगरपालिकाभित्रका रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई  गड हेड्स नामक संस्थाले  छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको छ । यस संस्थाले हिजो एक कार्यक्रमकाबीच ७१ जना बिद्यार्थीलाई शैक्षिक सामग्री  हस्तन्तरण गरेको हो ।

    images

    उक्त सामाग्री महेन्द्रज्योती मावि दरवारमार्गका २३ जना, बालमन्दिर मावि छहरेका १८, शक्ति मावि पाटेचौरका १०, नवज्योती मावि डण्डिडाँडाका १०, रत्नलक्ष्मी मावि बिरेन्चोकका ५ र मनकामना बहिरा आवासिय माध्यमिक बिद्यालय टक्सारका ९ जना विद्यार्थीलाई बिद्यालय पोशाक सहित जुत्ता, झोला, कपी, कलम, क्लाकुलेटर, ज्यामेतीबक्स शैक्षिक सामग्री वितरण गरिएको थियो ।सस्थाले हस्तन्तरण गरेको सामाग्रीमा प्रति बिद्यार्थी पाँच हजार बराबरको सामग्री वितरण गरिएको संस्थाको सचिव सरिता अर्यालले जानकारी दिइन् ।

    images
    images
    images

    स्वास्थ्य तथा शैक्षिक विकास परियोजना अन्तरगत संस्थाको आयोजना तथा गड हेड्स यूकेको आर्थिक सहयोगमा सामग्री वितरण भएको हो । संस्थाले महेन्द्र मावि कुन्दुरटारमा अध्ययनरत चार जना बिद्यार्थीलाई जनही सात हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । द्रव्यशाह बहुमुखी क्यापसमा स्नातक तहमा अध्ययनरत पाँच जना बिद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिएको र उनीहरुलाई जनही १२ हजारका दरले छात्रावृत्ति वितरण गरिएको उनले जानकारी दिइन् । 

    प्रकाशित मिति :जेठ ९, २०८१ बुधवार - १०:५७:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको