९ जेठ काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सम्पत्तिको विवरणमा टाइपिङ मिस्टेकले २० लाख हुन पुगेको जानकारी आएको छ ।हीजो मन्त्रिपरिषदको बैठकमा भएको सम्पत्ति विवरणमा शर्माको क्यारिना ऋण तथा बचत सहकारी संस्थामा बचत रकम करिब २ लाख हुनुपर्नेमा टाइपिङ मिस्टेक भएर २० लाख हुन पुगेको दावी गरे कि छन् ।
सम्पत्ति विवरण पछि मन्त्री शर्माले आज बुधबार बिहान आफ्नो फेसबुक पेजमा लेखेकी छन्, ‘२०८१ जेठ ८ गते सार्वजनिक भएको मन्त्रीहरुको सम्पत्ति विवरणमा मेरो क्यारिना ऋण तथा बचत सहकारी संस्थामा रहेको बचत विवरणप्रति ध्यानाकर्षण भएको छ ।
सो सहकारीमा मेरो एक लाख शेयर रकम र सो बराबर नियमित बचत गरी करिब २ लाख रहेको हुनुपर्नेमा टाइप मिस्टेकले हुन गई प्राविधिक त्रुटिका कारण २० लाख लेखिन पुगेकाले सो विवरण त्रुटिपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु भन्दै उनीले फेस्बुकमार्फ जनाएको हो ।