१० जेठ काठमाडौँ । आज परेको २५६८ औँ बुद्ध जयन्ती दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी क्षेत्रको अवलोकन साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।
बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी पुगेका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गरेका हुन् ।
उनले योग र ध्यानका लागि लुम्बिनी आएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रिया समेत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।