१० जेठ काठमाडौँ । रिङ रोड सडक खण्डमा पर्ने चक्रपथ सडक खण्डको ललितपुरको ग्वार्कोमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा सिराहा घर भई हाल काठमाडौँको कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादवको घटनास्थलमे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै यादवलाई नजिकैको बी एन्ड बी अस्पताल लगिए पनि अस्पताल लैजानुअघि नै उनको दुर्घटनास्थलमा मृत्यु भइसकेको अस्पतालका एक चिकित्सकले जनाकारी दिए ।
उनको शव अहिले अस्पतालमै राखिएको छ । गएराति १० बजेतिर ग्वार्कोमा मोटरसाइकललाई टिप्परले ठक्कर दिएको सीसीटीभी फुटेजमा देखिएको प्रहरीको भनाई छ । घटना बारे थप विवरण आउन बाकी रहेको र अनुसन्धान गरिने बताए ।