१० जेठ काठमाडौँ । आज बिहीबार सुनचाँदी दुवैको मूल्य घटेको पाएको छ। आज नेपाल सुनचाँदी व्यवसायी महसंघ अनुसार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेर कारोबार भएको हो । हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।