Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गोरखामा २१ औँ रोट महोत्सव आजबाट सुरु, जेठ २१ सम्मा चल्ने 

 गोरखामा २१ औँ रोट महोत्सव आजबाट सुरु, जेठ २१ सम्मा चल्ने 

जोईन खबर

१०, जेठ २०८१
  • 862
    SHARES
  •  गोरखामा २१ औँ रोट महोत्सव आजबाट सुरु, जेठ २१ सम्मा चल्ने 

    १० जेठ काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा २१ औँ रोट महोत्सव आजबाट सुरु भई जेठ २१ सम्मा चल्ने भएको छ ।  यो ११ दिने रोट महोत्सव यसबर्ष पनि सुरु भएको छ । यसको आयोजना सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको यसबर्षको रोट महोत्सव २१ औँ श्रृङ्खला हो ।

    images

    रोट महोत्सवको पहिलो दिन बिहीबार बिहान ९ बजे गोरखा बजारको बैंक रोडबाट निष्किएको ¥याली पुरानो बसपार्क, बिपीचोक, पदेली, ठुलो आँगन, सतिपिपल, रामशाह चौतारा, गणेश थान हुँदै गोरखनाथ गुफासम्म रथयात्रा गरिएको थियो । १०८ कन्याहरुको कलशयात्रासहितको सो यात्रामा गोरखनाथको रथ बोकेर मन्दिरसम्म पु¥याइएको थियो ।

    images
    images
    images

    रथ यात्रामा एकसय आठ कन्याहरू, नाथयोगी, भक्तजन लगायतको सहभागिता रहेको थियो ।सो अवधिभर गुरु गोरखनाथको बिशेष पूजासहित एकलाख २५ हजार रोट गोरखनाथलाई चढाउने गरिन्छ ।गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा हरेकवर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ ।

    रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ ।गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ । रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ । यो वर्ष ७० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने र २१ लाख भन्दा बढि खर्च हुने अनुमान आयोजकको छ । 

    प्रकाशित मिति :जेठ १०, २०८१ बिहिवार - १३:०८:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको