Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुनकबड्डी टोली बंगलादेश प्रस्थान

 चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुनकबड्डी टोली बंगलादेश प्रस्थान

जोईन खबर

१०, जेठ २०८१
  • 745
    SHARES
  •  चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुनकबड्डी टोली बंगलादेश प्रस्थान

    १० जेठ काठमाडौँ । चौथो बंगबन्धु कप पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।मे २६ देखि जुन ३ तारिखसम्म हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, श्रीलंका, इराक, मलेसिया र इन्डोनेसिया रहेका   छन् ।

    images

    समूह ‘बी’ मा थाइल्यान्ड, जापान, पाकिस्तान, दक्षिण कोरिया, केन्या र पोल्यान्ड छन् ।खेलाडीहरुमा घनश्याम रोक्का मगर (कप्तान), गणेश कार्की, मनोज भट्ट कपाडी, जितेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेश लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोहन श्रेष्ठ र विशाल थापा रहेका छन् ।टोलीका कप्तान घनश्याम भारतको प्रो कबड्डी लिग खेलिसकेका खेलाडी हुन् । उनी १० औं संस्करणमा हरियाणा स्लिर्समा १३ लाख भारतीय रुपैयाँमा अनुबन्ध भएका थिए । घनश्यामले १० औं संस्करणमा चार टिम विरुद्ध खेल्ने अवसर पाएका थिए । उनले तेलगु टाइटन्स, गुजरात जाइन्ट्स, यु मुम्बा र बैंगलारु बुल्स विरुद्ध खेलेका थिए ।

    images
    images
    images

    घनश्याम प्रो कबड्डी लिगमा आबद्ध हुने नेपाली खेलाडी मध्ये सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन् । यसअघि सञ्जय श्रेष्ठ र जयबहादुर बोहराले समान ८–८ लाख तथा लालमोहर यादव र नागेश्वर चौधरीले समान १०–१० लाख भारतीय रुपैयाँ पारिश्रमिक लिएको महासचिव झाले बताए ।विष्णुदत्त भट्ट प्रशिक्षक, महेश चन्द व्यवस्थापक तथा तर्कराज भट्ट र रमेशचन्द्र ओझा अफिसियलको भूमिका टिमसंगै बंगलादेश गएका छन् ।महिला राष्ट्रिय कबड्डी टोलीको उपस्थितिमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।सदस्य–सचिव घिसिङले १९ औं एसियाली खेलकुदमा महिला कबड्डी टोलीलाई सहभागी गराएकोमा धेरै प्रश्नको सामना गर्नु परेको स्मरण गर्दै महिला टोलीले पदक जितेर सहभागिताको औचित्य पुष्टि गरिसकेको बताए ।

    उनले अब महिला टोलीलाई विगतको भन्दा राम्रो गर्ने चुनौती थपिएको र पुरुष टोलीलाई बंगबन्धु कप पदक जित्ने राम्रो अवसर भएको बताए ।हाङझाव एसियाडमा महिला कबड्डीलाई सहभागी गराउँदा मैलै धेरै प्रश्नको सामना गर्नु परेको थियो । तर, त्यही टोलीले पदक जितरे राम्रो जवाफ दिन सफल भयो । अब महिला टोलीलाई त्यो भन्दा राम्रो नतिजा ल्यान्उन चुनौती पनि थपिएको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘अहिलेको पुरुष टोली पनि युवा र अनुभवी खेलाडीको राम्रो संयोजन भएको जस्तो लाग्यो । यो टोलीले पनि केहि न केहि नयाँ दिन्छ भन्ने विश्वास छ ।सदस्य–सचिव घिसिङले खेलाडीका साथै प्रशिक्षकले समयानुकुल ‘अपडेट’ र ‘अपग्रेड’ हुनु पर्नेमा जोड दिदै खेलाडीको शारीरिक क्षमताको पहिचान गर्न परिषद्ले चाँडै स्पोर्ट्स सायन्स ल्याब स्थापना गर्ने अवगत गराए ।

     

    प्रकाशित मिति :जेठ १०, २०८१ बिहिवार - १३:३०:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको