१० जेठ काठमाडौँ ।आगामी आर्थिक वर्ष २०८१८२ को बजेटले सरकारी कर्मचारीको तलबभत्ता नबढाउने भएको छ ।आगामी आर्थिक वर्षमा सरकारलाई वित्तीय स्रोतको कमी हुने स्पष्ट रहेकाले कर्मचारीको तलब बढाउन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए ।यो वर्ष तलब बढाउनै पर्ने कानुनी बाध्यता पनि छैन, स्रोतको पनि अभाव छ । यस्तो अवस्थामा सरकारले तलबभत्ता वृद्धि गरेर आर्थिक दायित्व बढाउन सक्ने स्थितिमा नरहेको बताए ।
सरकारले यसअघि आर्थिक वर्ष ०७९र८० को बजेटमा तलबभत्तामा वृद्धि गरेको थियो । त्यसबेला सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरिएको थियो ।
निजामती सेवा ऐन २०४९ को दफा २७ मा नेपाल सरकारले गठन गरेको तलब भत्ता पुनरावलोकन समितिले प्रत्येक तीन वर्षमा तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्नेछ भन्ने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको बजेटबाट पनि त्यो कार्यान्वयन हुने सम्भावना न्यून रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।