१० जेठ काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महासचिव पदमा शीतलप्रसाद यादव मनोनीत भएका छन् ।अध्यक्ष महन्थ ठाकुरले सिरहाका यादवलाई पार्टीको संशोधित अन्तरिम विधानअनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनीत गरेका हुन् ।
लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा आगामी शनिबार सदस्यता वितरण कार्यक्रम हुने तय भएको छ । कार्यसमितिमा अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् ।