११ जेठ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा विना दर्ता सञ्चालित रहेका तीन वटा वडा को पसलहरु बन्द गरिएको छ । बजार अनुगमनका क्रममा पर्यटन तथा उद्योग कार्यालय नेतृत्वको टोलिले बिना दर्ता सञ्चालनमा आएका पसललाई बन्द गरिएको हो । बजार अनुगमन टोलीले बुधवार ६ वटा पसल बन्द गराएका छन्।
अनुगमन गरिएका मध्ये ६ वटा पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएकाले दर्ता गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन गरिएको छ । वडा नम्वर ६, ७ र ८ का पसलहरु अनुगमन गर्दा केही विना दर्ता संचालन भएको पाएको र ती पसललाई तत्कालका लागि पसल बन्द गराइएको अनुगमन टोली संयोजक एवं पर्यटन तथा उद्योग कार्यालय प्रमुख सूर्य भुजेलले बताए ।
टोलीले किराना, होटल, औषधी, हार्डवयर लगायतका पसलहरुको अनुगमन गरेको थियो । उनीहरुलाई एक हप्ताभित्र दर्ता गरेर पसल तथा व्यवसाय संचालन गर्न निर्देशन समेत दिइएको उनले जानकारी दिए ।अनुगमनको क्रममा अधिकांश पसलहरुमा मूल्यसूचि र साइनबोर्ड नभेटिएको उनले बताए । उनका अनुसार मूल्यसूचि टाँस गर्न र साइनवोर्ड राख्न पनि निर्देश गरिएको छ ।