Logo

बिहिवार, कार्तिक १३ गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४५ मिनेटको लागि उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४५ मिनेटको लागि उडान बन्द

जोईन खबर

११, जेठ २०८१
  • 790
    SHARES
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ४५ मिनेटको लागि उडान बन्द

    ११ जेठ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डा परेपछि  ४५ मिनेटको लागि  आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ।त्रिभुवन  यस   विमानस्थलमा रहेको धानवमार्गको ०२ कोटेश्वरपट्टि भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

    images

    उडान सुरक्षाका लागि सबै उडान अवतरण बन्द गरि अहिले खाल्डो पुर्ने गर्ने काम भइरहेकोले ४५ मिनेट सबै उडान अवतरण रोकेका उनले जानकारी दिए ।खाल्डो परेको भाग धावनमार्गको लगभग बीचमा छ र अन्तर्राष्ट्रिय उडान अवतरण त गर्नै मिल्दैन ।

    images
    images
    images

    आन्तरिक उडान चाहिँ गर्न सकिन्छ । तर, सुरक्षाका कारण सबै उडान अवतरण रोकिएको बताए । अन्तर्राष्ट्रिय उडान थाइल्यान्डको  थाई एयरवेज, मेलसिया एयरलाइन्स आन्तरिकतर्फ बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायत पनि होल्डमा  राखिएको छ ।

    प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - १३:०९:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको