Logo

बिहिवार, कार्तिक १३ गते २०८३

२८ औ राष्ट्रिय नेपाल मगर संघ केन्द्रिय समितिको सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड र उपप्रधान श्रेष्ठ भोली गोरखा जादैँ

२८ औ राष्ट्रिय नेपाल मगर संघ केन्द्रिय समितिको सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड र उपप्रधान श्रेष्ठ भोली गोरखा जादैँ

जोईन खबर

११, जेठ २०८१
  • 811
    SHARES
  • २८ औ राष्ट्रिय  नेपाल मगर संघ केन्द्रिय समितिको सम्मेलनको उद्घाटन गर्न  प्रधानमन्त्री प्रचण्ड र उपप्रधान  श्रेष्ठ भोली गोरखा जादैँ

     
    ११ जेठ काठमाडौँ । गोरखामा हुन लागेको नेपाल मगर संघ केन्द्रिय समितिको २८ औ राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । यही जेठ १२ गते हुने उद्घाटन कार्यक्रममा सहभागी हुन उनी सोही दिन दिउँसो एक बजे गोरखा जाने कार्यक्रम तय भएको  नेपाल मगर संघले बिहीवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

    images

    सम्मेलन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ र प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगर पनि कार्यक्रममा सहभागी हुने बताइएको छ । गोरखा संग्रहालय परिसरमा हुने सम्मेलनको करिव ९० प्रतिशत तयारी पुरा भईसकेको संयोजक विष्णु राना मगरले बताए ।

    images
    images
    images

    ‘भोली हुने सम्मेलनमा सातै सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी बैदेशिक शाखाहरुबाट करिब सात सय जना प्रतिनिधिहरु आउनुहुन्छ,’ उनले भने, ‘जिल्लाका होटलहरुसँग समन्वय गरेर उहाँहरुको खानपान र बसोवासको व्यवस्था मिलाइसकेका छौ ।  देशको तेस्रो ठुलो बाहुल्यता बोकेको मगर समुदायको धारणा के हो त भन्ने बिषयमा पनि गम्भीर छलफल गर्छौ । सम्मेलनले मगर समुदायको मात्र नभई सिङ्गो देशको मौलिकता संरक्षणको विषयलाई उजागर गर्ने उनले बताए ।

     

    प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - १४:३५:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको