११ जेठ काठमाडौँ । क्रिकेटर खेलाडी सन्दीप लामिछालाई अमेरिकाले भिसा नदिएपछि परराष्ट्र मन्त्रालयले अमेरिकी दूतावाससंग पहल गर्न सुरु गरेको छ । परराष्ट्रको अमेरिका हेर्ने डिभिजनमार्फत अमेरिकी दूतावासमा पहल सुरु गरेको परराष्ट्र मन्त्रालयको स्रोतले जनाएको हो ।
टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरे पछि विश्वकपको आयोजक राष्ट्रले विश्वकप खेल्न जाने खेलाडीलाई रोक्न खोजेको भनेर नेपालमा तीव्र आलोचना भइरहेको छ ।
नेपाल क्रिकेट संघले आवश्यक कागजातहरूसहित राष्ट्रिय खेलकुद परिषदमा पठाएको थियो । परिषद्ले त्यसको अध्ययन गरेर खेलकुद मन्त्रालयमा र खेलकुद मन्त्रालयले परराष्ट्रमा पत्राचार गरे संगै परराष्ट्र मन्त्रालयले उता अमेरिकी दूतावाससंग पहल सुरु गरेको हो ।