११ जेठ काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले करार सेवामा १०० जना नर्स पदपूर्ति गर्ने भएको छ ।अस्पतालले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका नर्सले सात दिनभित्र दरखास्त दिन सक्ने जनाएको हो ।
परीक्षाबाट नर्सको छनोट गरिने छ भने परीक्षा २६ जेठका लागि तोकिएको छ ।परीक्षामा २०८० मंसिर १ गते प्रकाशित सूचनाका आधारमा दरखास्त भरेका नर्सहरूले पनि सहभागी हुन सक्ने अस्पतालले जनाएको छ ।
अस्पतालले गत मंसिरमा पनि विज्ञापन खुलाएको थियो ।अस्पतालले लिखित परीक्षामा सबैभन्दा बढी नम्बर ल्याउन सफल हुने एक सय जनालाई नै रोलक्रम (मेरिट) का आधारमा नियुक्त गर्नेछ ।
करारमा भएका नर्सहरू स्वास्थ्य मन्त्रालयको दरबन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपूर्ति भई आएमा वा अस्पताललाई आवश्यक नभएमा स्वतः हट्ने छन् ।