११ जेठ काठमाडौँ । गोरखामा तिन दिन सम्म गणतन्त्र दिवस मनाइने भएका छन् । जिल्ला गोरखामा वुधवार बसेको जिल्ला स्तरिय समिति बैठकले उक्त दिवसको अवसरमा तीन दिन विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । जेठ १४ गते सबै कार्यालयहरुले कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय भएको छ ।
जेठ १५ गते शुभकामना आदानप्रदान, रक्तदान, वृक्षारोपण लगायतका कार्यक्रम संचालन हुने समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाले बताए ।‘१४ गते शुभकामना आदानप्रदान कार्यक्रम विभिन्न संघसंस्थाको समन्वयमा रक्तदान र स्वास्थ्य सचेतना कार्यक्रम पनि संचालन हुन्छन् ।
लोकतन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा शहीद तथा वेपत्ता व्यक्तिका परिवार र घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।दिवस अवधिभर जिल्लामा रहेका सार्वजनिक महत्वका स्थान तथा ऐतिहासिक तथा पुरातात्विक सम्पदा स्थलहरुको सरसफाइ गर्ने र साँझ दिप प्रज्वलन गर्ने निर्णय बैकठले गरेको छ ।