१२ जेठ काठमाडौँ । नेपालले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ । विश्वकपका लागि अमेरिकामा रहेको नेलालले प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो ।
नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो ।हुरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन,अली शेख २३ रन बनाएका थिए । नेपालका सोमपाल कामीले ३३ रन, करण केसीले २७ रन खर्चेर २ ,रोहित पौडेल, कुशल भुर्तेल, सागर ढकाल र अभिनाश बोहराले एकरएक विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
नेपालका लागि अनिल कुमार शाहले ३० बलमा ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेलले २३ तथा गुलसन झाले २० रन बनाए । खेल ४ जुन अर्थात् जेठ २२ मा नेदरल्यान्ड्ससँग खेल्दै नेपालले टी २० विश्वकप सुरुआत गर्नेछ।