Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गणतन्त्र दिवसको अवसरमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँको वृहत रक्तदान कार्यक्रम सम्पन, ५४ पिण्ट रक्त संकलन

गणतन्त्र दिवसको अवसरमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँको वृहत रक्तदान कार्यक्रम सम्पन, ५४ पिण्ट रक्त संकलन

जोईन खबर

१२, जेठ २०८१
  • 1.7K
    SHARES
  • गणतन्त्र दिवसको अवसरमा गोरखा ताकुकोट सेवा समाज काठमाडौँको वृहत रक्तदान कार्यक्रम सम्पन, ५४ पिण्ट रक्त संकलन

    १२ जेठ काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा गोरखा ताकुकोट सेवा समाज, काठमाडौंको आयोजनामा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वृहत रक्तदान कार्यक्रम काठमाडौंस्थित वनस्थली चोकमा कान्ति अस्पातलको प्राविधिक सहयोगमा आज शनिबार सम्पन्न भएको हो ।

    images

    all1.jpg

    images
    images
    images

    यसरक्तदान कार्यक्रमबाट ५४ जनाले रक्तदान गरेका रक्तदान कार्यक्रमका संयोजक मदनकुमार जोशीले बताउनु भयो । रक्तदान कार्यक्रममा सहभागी तथा सहयोगी संघ(संस्थालाई गोरखा ताकुकोट सेवा समाज काठमाडौँका अध्यक्ष कृष्णा प्रसाद पनेरु तथा विभिन्न बृद्विजीवि अभिभावहरुले रक्तदान गर्ने व्यक्तिहरुलाई धन्यवादसहित प्रशंसा प्रमाणपत्र हस्तन्तरण गर्नुभएको थियो ।

    aa.jpg

                         बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट

    यस गोरखा ताकुकोट सेवा समाज काठमाडौँले “रगतः न बन्छ यो कलखारखानामा, न बग्छ यो खोलानालामा, हरेक स्वस्थ व्यक्ति नै हो यो पुण्य कर्मको मुहान, त्यसैले रक्तदान गरी गरौ जीवनदान” भन्ने नाराको साथमा अभाव भइरहने रक्तलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक जोशीले बताउनु भयो । स्वास्थ्य सेवा समितिका संयोजक जोशीले विगतमा पनि विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम गर्दै आइरहेको र यो संस्थाको यो आयोजना दोस्रो पटक रहेको उहाँले बताउनु भयो ।

    ar.jpg

      गोरखा ताकुकोट सेवा समाज, काठमाडौंको  उपाध्यक्ष र महासचिव

    उक्त संस्थाले रक्त संकलन तथा युवाहरूमा भेट घाटा र चिन जान हुने उद्देश्यले यो आयोजना गरिएको संयोक जोशीले जानकारी दिनु भयो । उक्त रक्तदान कार्यक्रम छिमेकी संस्था समृद्व ताकु युवा समाजको केही व्यक्तिहरु समेत सहभागि रहेका थिए । यस संस्थाले गरेको रक्तदान कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट प्रमुख आतिथ्यमा सम्पन्न भएको संयोजक जोशीले बताउनु भयो ।gu.jpg

    ji.jpg

    d.jpg

    प्रकाशित मिति :जेठ १२, २०८१ शनिवार - २१:३३:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको