१३ जेठ काठमाडौँ । नयाँ सराकर गठन संगै सहकारी ठगीविरुद्ध प्रतिपक्षी दल नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा दिउँसो १ बजे विरोध प्रदर्शन गनृे भएको छ । उनीहरुले बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता गर्ने वा संसदीय छानबिन समितिको माग, गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका थिए ।
त्यसै बिषयलाई लिएर नेपाली कांग्रेसले आज सडक प्रदर्शन गर्ने निर्णय लिएको हो । आज १ बजे गर्ने सडक विरोध प्रदर्शन काठमाडौँ उपत्यकाको भृकुटीमण्डपको प्रदर्शनी मार्गबाट सुरु हुने भएको हो ।
यस पार्टीले आज हुने सडक प्रदर्शनको लागि काठमाडौं क्षेत्र १० बाट प्रतिनिधि गर्नेहरु उमेशजंग रायमाझी, सीता थपलिया, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ भने, ललितपुरका क्षेत्र न ३ बाट दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि तोकिएको छन् । नेपाली कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ । अब यो पनि केही दिन भित्र तयार गर िगर्ने तयारी भएको छ ।