१३ जेठ काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा नाला खन्ने क्रम पहिरो खसेर एक्सकाभेटर अपरेटरको मृत्यु भएको छ। यस घटना इच्छाकामना वडा न ५ स्थितित सडक छेउमा नाला खन्नेक्रममा आज बिहान माथिबाट झरेको पहिरोले एक्सकाभेटर अपरेटरको मृत्यु भएको हो ।
पहिरोमा पुरिएर मृत्यु हुने बर्दिया घर भएका ३२ वर्षीय मंगल चौधरी गम्भीर घाइते पछि उपचारको क्रममा मृत्यु भएको थियो । घटना पछि गम्भीर घाइते भएका अपरेटर चौधरीको उपचारका क्रममा भरतपुरको पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजाल जानकारी दिनु भयो ।
आज बिहान गएको पहिरोमा परी मुग्लिनबाट नारायणगढ तर्फ जादै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षेति र एक्सकाभेटर भने पूर्ण रुपमा क्षति भएको प्रहरीको भनाइ छ ।