१३ जेठ काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक महिला पक्राउ परेकी छिन् । यस घटनामा पक्राउ पर्ने महिला काठमाडौँ चन्द्रागिरी नगरपालिका वडा न १३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी रहेको विमानस्थलका एक प्रहरीले बताए ।
बुढाथोकीलाई हिजो शनिबार दिउँसो विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बूढाथोकीले भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठीसहित बरामद गरिएको हो ।
बाहिरी देशबाट नेपाल आउने यात्रुको प्रयोग गरी भन्सार छलेर सुन ल्याएको प्रहरीको आरोप छ ।उनलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार ईकार्याय पठाइएको छ । थप विवरणको अनुसन्धान भई रहेको छ ।