१४ जेठ काठमाडौँ । उत्तरी गोरखा चुमनुब्रीको छेकम्पार र तिब्बतको चिन जाने नाक कोभिड संक्रमण पछि हिजोबाट खुल्ला भएको छ । चुमनुब्री गाउँपालिका वडा न ७ छेकम्पार सिमाना र चिन तिब्बतको सिमाना नाका पाँचबर्षपछि खुल्ला गर्ने भएको हो । केही बर्ष पहिले कोरोना भइरस कोभिड १९ महामारीसंगै बन्द भएको मुलाढाज्यान (ङुइला) नाका हिजो आइतबारदेखि खुल्ला गरिएको छ ।
गोरखाको चुमनुब्री गाउँपालिका वडा न ७ छेकम्पारमा पर्ने नेपाल तिब्बतको सिमाना मुलाढाज्यान (ङुइला) नाका कोरोन महामारीपछि चीन सरकारले एकपक्षीय रुपमा बन्द गरेको मुलाढाज्यान नाका भर्खरै उद्घाटन गरिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । यो नाकाको लागि नेपाल सरकारसहितको निकायबाट निरन्तर प्रयास पछि बल्ल नाका खुल्लाएको गरिएको हो ।
उनीहरुले यो नााकाके लागि केही दिन अगाडीमा चिन तिब्बतको जोङ्गास्थित स्या सहरमा औपचारिक कार्यक्रम आयोजना गरी नाकाको उद्घाटन गरिएको उनले बताए ।गोरखाको चुमनुब्रीबाट चीन जानको लागि दुई वटा नाका रहेका छन्, ति मध्ये चुमनुब्री गाउँपालिका वडा न १ मा रहेको रुइला नाका र वडा नं ७ मा रहेको मुलाढाज्यान (ङुइला) नाका रहेको छ । यसमा क्षेत्रमा पाँचबर्षपछि बल्ल एक नाका खुल्ला गरेको हो । अब फेरी अर्काे नाका बाकी छ ।
बन्द भएको नाकाको लागि सरकारी निर्णय अनुसार दुवै नाका खोल्ने भनेर निर्णय भइसके पनि स्थानीय स्तरमाचाहिँ अहिलेलाई एउटा मात्र खुलेको अध्यक्ष लामाले बताए । उक्त नाका खुल्ला गरे पनि आवतजावत भने असारबाट मात्र हुने र अहिले अहिलेलाई स्यासम्म मात्र जान दिने तिब्बती पक्षले जानकारी दिएको अध्यक्ष लामाको भनाइ छ । नाका खुल्ला भएको घोषाण भए पनि आउने जाने गर्ने समय भने करिब करिब एक महिना रहेको उनले जानकारी दिए ।