Logo

मंगलवार, श्रावण १२ गते २०८३

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्युको ट्रेलर सार्वजनिक,ट्रेलरमा रिलिज ,सौगात ,दयाहाङ देखि विपिन कार्की सम्म देखिए

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्युको ट्रेलर सार्वजनिक,ट्रेलरमा रिलिज ,सौगात ,दयाहाङ देखि विपिन कार्की सम्म देखिए

जोईन खबर

१४, जेठ २०८१
  • 1.5K
    SHARES
  • भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्युको ट्रेलर सार्वजनिक,ट्रेलरमा रिलिज ,सौगात ,दयाहाङ देखि विपिन कार्की सम्म देखिए

    १४ जेठ काठमाडौं । भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्यु को नयाँ ट्रेलर  यही असार ७ गतेबाट सार्वजनिक हुने भएको छ । रोशन राई निर्माता रहेको फिल्मलाइ प्रशान्त रसाईलीको निर्देशन बनेको हो। फिल्मलाइ देवजंग थापाले पुन सम्पादन गरेका हुन् । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ ।

    images

    १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुन स् प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।

    चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन । ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत  देख्न सकिन्छ ।

    4(1).PNG

     

    प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - १३:०५:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको