४ असोज काठमाडौँ । गायक जि एन लभ र राधिका हमालकाको दशैँ आयो दशैँको नयाँ गीत हिजो देखि सार्वजानिक भएको छ । यस गीतले दशैँको रमझमको झल्को दिन्छ ।
जि एन लभ युट्युब च्यानलमा अपलोड गरिएको हो । दशैँ आयो बोलको गीतमा जि एन लभ र राधिका हमालको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा संगीत उमेश पाण्डे र शब्द गायक जि एन लभ र श्याम प्रसाद पौडेलको रहेका छन् । यस गीतको अभिनयमा जि एन लभ र जिया बस्नेत गरेका छन् ।
छायांकनमा करण अर्नुन पौडेल र सम्पादन ललित सिंह साउद तथा भिडियोलाई श्यामप्रसाद पौडेलले निर्देशन गरेका हुन् । भिडियोमा प्रदेशबाट घर आएको सबै जना आफन्त सहभागि भई दशैँको टीका लगाएर नाच्ने गीत गाउने र खेलेको माहोलले दर्शकलाई रमाइलो बनाउने अभिनय गरेको छन् ।