१४ जेठ काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका आगलागीमा परेर भाडामा बस्ने एक युवकको मृत्यु भएको छ ।यस आगालागमिा परि मृत्य हुनेमा टोखा नगरपालिका वडा न १० बानियाँटारमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिकाका वडा न २ घर भएका २१ वर्षीय किरण बुढाथोकी रहेको प्रहरीले बताउ ।
उक्त घरको किरण बसेको कोठामा गएराति आगलागी हुँदा जलेर गम्भीर घाइते उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।यसै घटनामा १५ लाख रुपैयाँ हारहारीमा धन माल क्षती भएको प्रहरीले बताए ।
आगालागीको खबर पाउन साथ प्रह।ी घटनास्थलमा पुगी आगलागी नियन्त्रण लिए पछि यो घटना बारे थप अनुसन्धान गरि रहेको प्रहरीको भनाई छ ।