Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दोलखा  र नुवाकोटकी २ जना महिला पक्राउ 

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दोलखा  र नुवाकोटकी २ जना महिला पक्राउ 

जोईन खबर

१४, जेठ २०८१
  • 835
    SHARES
  • नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दोलखा  र नुवाकोटकी २ जना महिला पक्राउ 

    १४ जेठ काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा  दोलखा  र नुवाकोटकी २ जना महिला पक्राउ परेका छन् । यस अभियोगमा पक्राउ पर्नेहरूमा जिल्ला दोलखा जिरी नगरपालिका वडा न-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र जिल्ला नुवाकोट वेलकोटगढी नगरपालिका वडा न ४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपाली  भएको प्रहरीले बताए । 

    images

    पक्राउ ति महिलाले काठमाडौं महानगरपालिका -७ स्थित स्वागतम् रेष्टुरेन्ट एण्ड बारमा नाबालिकालाई जबरजस्ती वेश्यावृतिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बार संचालक उनीहरूलाई पक्राउ गरिएको र पीडित बालिकाको पनि उद्दार गरिएको प्रहरीले जनाकारी दिए ।

    images
    images
    images

    उनीहरूले नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृतिमा लगाई दैनिक रुपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको र ग्राहकसँग शारिरिक सम्पर्क राखे बापत आधा रकम दिने भनि प्रलोभनमा पारी सो रकम पनि नदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :जेठ १४, २०८१ सोमवार - १५:५७:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको