१४ जेठ काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘रिपब्लीक डे अफर’ उपलब्ध गराउने भएको छ । सो अफर आज ९२०८१ जेठ १४० देखि प्रारम्भ भई २०८१ जेठ १६ सम्म लागू हुनेछ ।यस अन्तर्गत ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेज अन्तर्गत १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।
आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट 141511# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिन्छ ।