Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सदस्य–सचिव घिसिङद्वारा मनीषको स्वास्थ्य बारे चासो

सदस्य–सचिव घिसिङद्वारा मनीषको स्वास्थ्य बारे चासो

जोईन खबर

१५, जेठ २०८१
  • 700
    SHARES
  • सदस्य–सचिव घिसिङद्वारा मनीषको स्वास्थ्य बारे चासो

    १५ जेठ काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव टंकलाल घिसिङले जुडो खेलाडी मनीष महतोको स्वास्थ्य स्थिति बारे सोमबार जानकारी लिएका छन् । सदस्य–सचिव घिसिङले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भेट गरी मनीषको स्वास्थ्यस्थित बारे जानकारी लिदै यथाशीघ्र पूर्ण स्वास्थ्य लाभको कामना गरे ।

    images

    मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका मनीषको आइतबार ब्लु क्रस अस्पतालमा बायाँ खुट्टाको शल्यिक्रिया गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाएका छन् । पुरुष ९० केजीमा प्रतिस्पर्धा गर्ने मनीष १३ औं दक्षिण एसियाली खेलकुद ९साग० का कांस्य विजेता हुन् ।भेटका क्रममा सदस्य–सचिव घिसिङले राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका सबैको विमा गरिएकोले धेरै चिन्ता नगर्न बताउदै चाँडै निको भएर प्रशिक्षणमा फर्कन हौसला बढाए ।विशेष प्रशिक्षणमा रहेका सबैको विमा गरिएको छ ।

    images
    images
    images

    आर्थिक पाटोमा धेरै चिन्ता लिनु  पर्दैन । तपाईं चाँडै निको भएर प्रशिक्षणमा फर्किनुस् । शीर्घ र पूर्ण स्वास्थ्य लाभको कामना ।’ सदस्य–सचिव घिसिङले मनीषको हौसला बढाउदै भने– ‘केहि असहज भए हामीलाई भन्नुस् । हामी छौं ।निर्देशक विष्टले मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका विभिन्न १० खेलका १ सय २ खेलाडी र २० प्रशिक्षकको विमा गरिएको जानकारी दिए ।

    प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - १०:४५:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको