Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नवलपरासीको गैँडाकोटमा सडक भासिदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

नवलपरासीको गैँडाकोटमा सडक भासिदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

जोईन खबर

१५, जेठ २०८१
  • 703
    SHARES
  • नवलपरासीको गैँडाकोटमा सडक भासिदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

    १५ जेठ काठमाडौँ । नवलपरासीको गैँडाकोटमा एक्कासी  सडक भासिदा पूर्वपश्चिम राजमार्ग  नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध  भएको छ । उक्त घटनामा हिजो परेको बर्षातका कारणले गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा बस दुर्घटना भएको हो ।

    images

    भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ  जादै गरेको  लु १ ख ८५१३ नम्बरको यात्रुवाहक बसमा एक्कासि ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् ।घाइते उनीहरुको उपचार हुदैँ छ ।

    images
    images
    images

    यसै कारण  अवरुद्ध भएको सडक खोल्ने काम जारी रहको जिल्ला प्रहरी कार्यालय नवलपरासीका  सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । अहीले मेसनिको प्रयोग गरि सडक सफा गर्ने काम सुरु भएको छ । अब केही बेर पछि सवारी ओहोरदोहो गर्ने तयारी  भएको जानकारी दिए ।

    प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - १३:०९:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको