Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एस कप प्लस टु बास्केटबल भोलिदेखि

एस कप प्लस टु बास्केटबल भोलिदेखि

जोईन खबर

१५, जेठ २०८१
  • 829
    SHARES
  • एस कप प्लस टु बास्केटबल भोलिदेखि

    १५ जेठ काठमाडौँ । एस इन्टरनेसनल विजनेस स्कुलको आयोजनामा एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १२ गरी ४४ टिमको सहभागिता रहने आयोजक एसका प्रोग्राम म्यानेजर कौशलराज पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    images

    प्रोग्राम म्यानेजर पौडेलले युवा खेलाडीलाई खेलकुदमा आकर्षित गर्न र विद्यालयबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतियोगिता आयोजना गरिएको बताउदै प्रतियोगिताबाट प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् ।

    images
    images
    images

    ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट भौचर प्रदान गरिने छ ।तीनदिने प्रतियोगिताका खेलहरु सिनामंगलस्थित आयोजककै कोर्टमा खेलाइने छ । पत्रकार सम्मेलनमा एसका सहायक प्रोग्राम म्यानेजर सविन पाठक र प्रशासकीय अधिकृत आशिष न्यौपानेले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए ।

     

    प्रकाशित मिति :जेठ १५, २०८१ मंगलवार - १४:०७:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको