१६ जेठ काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा १७ औँ गणतन्त्र दिवस अवसरमा हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिो एक कार्यक्रम बिच प्रभातफेरीसँगै बिभिन्न कार्यक्रमहरु संचालन भएका छन् । हिजो बिहान सुरु भएको प्रभातफेरी जिल्ला प्रशासनबाट हरमटारी चोक ,बिसौनी, बसपार्क, ठुलोआँगन, तिनधारे, हुदैँ जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा सम्पन्न गरिएको थियो ।
दिवसकै अवसरमा जनप्रतिनिधी र निजामती कर्मचारबीच मैत्रीपूर्ण फुटवल खेल र साँझपख ठुलोआँगन परिसरमा दिप प्रज्वलन समेत कायैक्रम गरिएको हो ।
हिजादेखि भएको कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्ण रानाको प्रमुख अतिथ्यतामा र जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिसस उपप्रमुख लिला परियार, पत्रकार महासंघ गोरखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दिवसको सन्दर्भमा विविध कार्यक्रम गरी दिवस मनाउने समितिले निर्णय गरेको थियो । सोही अनुरुप कार्यक्रमहरु भएको बताइएको छ ।त्यसै क्रममा आज फेरी रक्तदान कार्यक्रम समेत भई रहेको छ ।